१५ भाद्र २०८२/काठमाडौँ ।

नेपाल पत्रकार महासङ्घ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबिच ४ बुँदे सहमति भएको छ । आइतबार मन्त्रालय र महासङ्घका पदाधिकारीबिच ४ बुँदे सहमति भएको हो ।मन्त्रालयमा दुई पक्षबिचको छलफलपछि भएको सो सहमतिमा नयाँ अनलाइन सञ्चारमाध्यम दर्ताका लागि निवेदन प्राप्त भएमा सूचना तथा प्रसारण विभागले क्रमसङ्ख्या उल्लेख गरी सङ्कलन गर्ने, अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका २०७३ को दफा ६ मा दर्ता भएका अनलाइन सञ्चार माध्यमले प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिना (पौष महिना भित्र) नवीकरण गराउनुपर्ने व्यवस्था भएको सन्दर्भमा अर्को व्यवस्था नभएसम्म प्रेस काउन्सिल नेपाल र नेपाल विज्ञापन बोर्डले अनलाइन सञ्चारमाध्यम सूचीकरणको कार्य यथावत् राख्न मन्त्रालयबाट पत्राचार गर्ने लगायत रहेका छन् । 

साथै महासंघले सहमति कार्यान्वयनका लागि ७२ घण्टाको अल्टिमेटम दिएर आन्दोलनका कार्यक्रम समेत घोषणा गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here