१५ भाद्र /२०८२/बेइजिङ ।

चीनको तियानजिनमा अगस्ट ३१ देखि सेप्टेम्बर १ सम्म हुन गइरहेको सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागिता जनाउन सदस्य देशका धेरै नेताहरू तियानजिनमा पुगेका छन् । यस क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफ पनि तियानजिन पुगे । चीन पुगेपछि मोदीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका थिए कि उनी अब एससीओको बैठकको प्रतीक्षामा छन् र विभिन्न देशका नेताहरूसँग भेटघाट गरिरहेका छन् ।

उता, शरीफले पनि प्रस्थान गर्नुअघि एक्समा मा पोष्ट गर्दै ‘म तियानजिनमा हुने एससीओ बैठक र बेइजिङमा दोस्रो विश्वयुद्धमा फासीवादमाथि विजयको ८० औं वार्षिकोत्सव समारोहमा भाग लिनेछु’ भनेर लेखेका  थिए । आफूले चिनियाँ राष्ट्रपति सी जिनपिङ र अन्य विश्व नेताहरूलाई भेट्न पर्खिरहेको छु ताकि चीन र अन्य देशहरूसँगको सम्बन्ध बलियो बनाउन सकियोस्, क्षेत्रीय सहयोग बढाउन सकियोस् र शान्ति र प्रगतिको लागि सँगै काम गर्न सकियोस् भनेर पोस्टमा उनले लेखेका थिए । 

एससीओको स्थापना २००१ मा चीन, रुस र कुनै बेला सोभियत संघका हिस्सा रहेका चार एसियाली देशहरू काजाकिस्तान, किर्गिस्तान, ताजिकिस्तान र उज्बेकिस्तानले मिलेर गरेका थिए । 

यसको उदय १९९६ मा सीमालाई लिएर रुस, चीन र यी मध्य एसियाली देशहरू बिच एउटा सम्झौता भएसँगै भएको थियो । यसलाई ‘शाङ्घाई पाँच’ सम्झौता भनिन्थ्यो । भारत र पाकिस्तान २०१७ मा यस संस्थामा सामेल भए । इरान २०२३ मा यसको सदस्य बन्यो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here