माघ १२ गते २०८२रौतहट ।

रौतहट क्षेत्र नं. २ अन्तर्गत परोहा नगरपालिका- ९, रामपुर टोलमा सरस्वती माताको मूर्ति विसर्जन गर्ने क्रममा गम्भीर घटना घटेको छ।

सार्वजनिक सडक हुँदै मूर्ति विसर्जनका लागि लैजाँदै गरिएको अवस्थामा, मुस्लिम टोल नजिक प्रहरीको कडा सुरक्षा व्यवस्थाबीच गइरहेको ट्याक्टरमाथि अचानक ढुंगामुढा सुरु गरिएको थियो। उक्त घटनामा परी आधा दर्जनभन्दा बढी व्यक्तिहरू घाइते भएका छन्।
घटनापछि सम्पूर्ण क्षेत्र अहिले अत्यन्तै तनावग्रस्त बनेको छ।

स्थानीयवासीहरू त्रसित छन् भने शान्ति-सुरक्षा कायम गर्न सुरक्षाकर्मीहरू परिचालित छन्। दुःखद कुरा के छ भने, यस्ता किसिमका झडप तथा तनावपूर्ण अवस्था प्रायः मूर्ति विसर्जन वा हिन्दू समुदायका अन्य चाडपर्वको समयमै रौतहट क्षेत्र नं. २ मा दोहोरिँदै आएका छन्।

यसले समुदायबीचको सद्भावमा गम्भीर असर पारिरहेको छ। धार्मिक सहिष्णुता र आपसी सम्मानलाई कमजोर बनाउने यस्ता घटनाप्रति सम्बन्धित निकाय गम्भीर बन्नु आवश्यक छ। घटनामा संलग्न दोषीहरूलाई पहिचान गरी कानुनी दायरामा ल्याउनुपर्ने र भविष्यमा यस्ता अप्रिय घटना दोहोरिन नदिन स्थायी, विश्वसनीय सुरक्षा तथा संवादको वातावरण निर्माण गर्न राज्य स्पष्ट र कडा कदम चाल्नुपर्ने आवश्यकता देखिन्छ।

धार्मिक आस्था र परम्पराको सम्मान गर्दै सबै समुदायबीच शान्ति, सहअस्तित्व र आपसी सद्भाव कायम गर्नु आजको सबैभन्दा ठूलो आवश्यकता हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here