आज बेलुकी २०;५० बजेको समयमा जि.सर्लाही ब्रहम्पुरी गा.पा. ४ टायलस कम्पनी नजिकबाट जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्र.नि.बिशाल ब.बुढाथोकीको कमाण्डमा खटिएको टोलीले भारतको सोनबर्षा बाट भेल्ही चोक तर्फ जाँदै गरेको म.प्र.०३-०३७ प ७४५० न.को मो.सा.लाई शंका लागी रोकी चेकजाँच गर्दा मो.सा.पछाडी सवार जि.सर्लाही चन्द्रनगर गा.पा.४ बस्ने बिनोद पासवानको छोरा अं.बर्ष २३ को कृष्ण कुमार पासवानको साथबाट
श्रोत नखुलेको नेपाली रुपैया १००० को नोट ६०० थान (६,००,०००।-) र ५०० को नोट ४०० थान (२,००,०००।-) गरी जम्मा ८,००,०००।– (आठ लाख) नेपाली रुपैया फेला परेकोले मो.सा.,नगद रुपैया, निज कृष्ण कुमार पासवान र मो.सा.चालक ऐ.चन्द्रनगर गा.पा.१ बस्ने बुझाउन महतोको छोरा अं.बर्ष ४१ को शिव नारायण महतोलाई नियन्त्रणमा लिई जि.प्र.का.सर्लाहीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here