११ असार,२०८२जनकपुरधाम /

एक समय उदाउँदै गरेका खेलाडी आदिल आलम, जसले भर्खरै मात्र सीनियर टोलीमा स्थान बनाएका थिए, धेरैको आशा बोकिरहेका थिए। उनले फसेको खेल जिताएका थिए, छक्का–चौका प्रहार गरेका थिए, हेलिकप्टर सट हानेर चर्चा कमाएका थिए — यिनकै कारण उनलाई “हेलिकप्टर सट” उपनाम दिइएको थियो।

तर त्यो चम्किलो यात्रा लामो टिकेन। नसोचेको घटनामा फसेर टोली बाहिरिए। यद्यपि पछि उनी निर्दोष साबित भए — तर त्यो समयमा भएको मानसिक र आर्थिक क्षति कसले बेहोर्ने?

आज नेपाली टोलीमा ‘फिनिशर’ को खाँचो छ — फसेको गेम निकाल्ने खेलाडीको खोजी भइरहँदा, के क्यानले आदिललाई फेरि नजरअन्दाज गर्ने?

अहिलेका हेडकोच भविष्य हेरेर निर्णय लिने स्वभावका छन्। उनी वेस्ट इन्डिजमा हुँदा शिमरोन हेटमायर, रोमारियो शेफर्ड, निकोलस पूरन जस्ता खेलाडीलाई मौका दिएका थिए — जसले अहिले विश्व क्रिकेटमा तहल्का मच्चाइरहेका छन्।

उनको निलम्बन फुकुवा भइसकेको छ। पछिल्ला घरेलु प्रतियोगिताहरूमा उनले उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई जिताएका छन् — उनको ब्याटिङका कारण बारा टोली विजेता र उपविजेता समेत बनेको हो।

कुनै बेला सन्दीप लामिछानेलाई पुबुदु दशानायकेले चितवनबाट हेरेर सीधा क्लोज क्याम्पमा राखे — त्यसैको फल आज हामी देखिरहेका छौं।नेपालमा पनि उनले रुपेसलाई पटक–पटक मौका दिएका छन् — त्यो हेर्दा यस्तो लाग्छ कि उनी हिटिङ क्षमतालाई प्राथमिकता दिने कोच हुन्, जुन शैली आदिलसँग छ।

अब त्यस्तै अवसर आदिललाई पनि किन नदिने? क्यानले उनलाई आगामी विश्व कप तयारीका लागि क्लोज क्याम्पमा राखे भने त्यो न्यायको पक्षमा हुने निर्णय हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here