२४ भाद्र २०८२रौतहट / संजिब झा

Gen Z युवा पुस्ताले देशव्यापी गरिरहेको प्रदर्शनलाई आज दोस्रो दिन झन कडाईका साथ प्रदर्शन गरिरहेको छ । यसै क्रममा रौतहटका विभिन्न स्थानमा पिन Gen z ले प्रदर्शन गरेको छ ।दुर्गा भगवती गा.पा.को गंगापिपरामा पनि निर्दोश युवालाई सरकारले निर्मम हत्या गरेको आरोप लगाउँदै हिजो देखि प्रदर्शनमा रहेका छन्।

युवाहरुको आवाज बुलन्द गर्न राजनीतिक देखि जनप्रतिनिधी समेत बाटोमा उत्रेका हुन्।हिजो घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार घाइतेमध्येका १९ जनाको मृत्यु भएको थियो । आज पुनः फेरि एकजाना प्रदर्शनकारी युवा माथि प्रहरीद्वारा गोली चलाई मारिएको छ भने अहिलेसम्म ४०० जना घाइते उपचाररत छन् ।मृतकहरुको पहिचान गरी आफन्तलाई जिम्मा लगाउने काम भइरहेको जानकारी स्वास्थ्य मन्त्रालयले दिएको छ ।

सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजीले नेतृत्व गरेको प्रदर्शनमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here