१९ फाल्गुन २०८२/संदिप मिश्र (सर्लाही )
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ का लागि सर्लाही जिल्लामा तयारी तीव्र पारिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालय, प्रशासन, सुरक्षा निकाय र राजनीतिक दलहरु चुनावको तयारीमा जुटेका हुन् । जिल्ला निर्वाचन अधिकारी सर्लाहीले मतदानस्थल, मतदान केन्द्र छनोट, अन्तिम मतदाता नामावली कायम, अस्थायी मतदाता नामावली सङ्कलन, कर्मचारी र मतदान सामग्रीको व्यवस्थापनमा जुटेको जानकारी दिनुभयो ।






जिल्ला सदरमुकाम मलंगवामा सुरक्षा व्यवस्था दुरुस्त गर्न विभिन्न मतदानस्थलको निरीक्षण गरीयो। निरीक्षण टोलीमा नेपाली सेनाका मेजर श्याम बहादुर महत,नेपाल प्रहरीका प्रहरी निरीक्षक बिन्देश्वर यादवजी ,सशस्त्र प्रहरी निरीक्षक लिला कार्की सहित तिनै सुरक्षाकर्मीहरुको उपस्थिति रहेको थियो ।















