चन्दन कूमार महतो ! रौतहट

रौतहट । बकर ईद २०८२ को अवसरमा जनमत पार्टी रौतहट क्षेत्र नं. २ (क) का प्रदेशसभा सदस्य पदका उम्मेदवार शेख मोहम्मद आलम उर्फ बाबू साहेबले निवासमा आयोजना गरिएको विशेष शुभकामना आदानप्रदान कार्यक्रममा मधेस प्रदेश सरकारका मन्त्री लगायत सयौं नेता कार्यकर्ता तथा जनताहरु आलमको व्यक्तिगत आमन्त्रण स्वीकार गरी उक्त शुभकामना दावतमा सहभागिता जनाएका हुन्।

कार्यक्रमको अवसरमा मन्त्री बसन्त कुशवाहा र सांसद किरण साह, नेपाली कांग्रेसका नेता मो. महताब, मुस्लिम समुदायको महत्वपूर्ण बकर ईदको सन्दर्भमा समस्त समुदायलाई हार्दिक शुभकामना व्यक्त गरे। उहाँले धार्मिक सहिष्णुता, आपसी सद्भाव र सामाजिक एकताको सन्देश दिन यस्ता कार्यक्रमहरूको भूमिका अत्यन्तै महत्वपूर्ण हुने उल्लेख गर्दै, प्रदेश सरकार धर्म, संस्कृति र पहिचानको संरक्षण तथा सम्मानप्रति प्रतिवद्ध रहेको स्पष्ट पारे।

कार्यक्रममा सहभागी सबैले बकर ईदको अवसरमा एकआपसमा शुभकामना साटासाट गर्दै धार्मिक र सांस्कृतिक विविधताभित्र एकताको भावना मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे। नेता तथा कार्यकर्ताहरूले मधेस प्रदेशमा धार्मिक सद्भाव र सहअस्तित्वको परम्परालाई अझ मजबुत पार्न यस्ता पहलहरू निरन्तर गरिरहनुपर्नेमा जोड दिए।

कार्यक्रमको समापनमा उम्मेदवार मोहम्मद आलमले सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै, आगामी दिनमा पनि सामाजिक एकता, विकास र समान अधिकारका लागि आफू प्रतिबद्ध रहेको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here