९ असोज । कोशी प्रदेश

 लगातारको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेर खतराको तहमा पुगेको छ।

बिहीबार राति ८:१५ बजेसम्म नदीको बहाव १ लाख ७३ हजार ५९० क्युसेक पुगेपछि कोशी ब्यारेजका २२ वटा ढोका खोलिएका छन्।

वर्षा जारी रहेकाले नदीको जलसतह अझै बढ्ने क्रममा रहेको प्राविधिकहरूले बताएका छन्। जोखिम बढेपछि सुरक्षा निकायले कोशी ब्यारेज हुँदै आवतजावत गर्ने सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ।

प्राप्त सूचना अनुसार असोज ९ गते देखि ११ गतेसम्म हुने भिषण बर्षाका कारण ठूलो जलसंकट आउन सक्ने अनुमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here