२०८३/०३/१० रौतहट

गौर नगरपालिकाको १८ औं नगरसभा (नगर अधिवेशन) भव्यताका साथ सम्पन्न भएको छ । नगरको समग्र विकास, सुशासन र समृद्धिलाई मुख्य प्राथमिकतामा राख्दै नगर प्रमुख शम्भु शाहले आगामी आर्थिक वर्षका लागि कुल ५३ करोड ८८ लाख १२ हजार रुपैयाँ को बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ ।

“हामी गौर नगरपालिकालाई विकास र समृद्धिको नयाँ उचाइमा पुर्‍याउन प्रतिबद्ध छौँ । यो बजेटले नगरवासीको चाहना र आवश्यकतालाई सम्बोधन गर्दै शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा ठोस परिवर्तन ल्याउनेछ भन्ने भनाई नगर प्रमुखले राखेका थिए।

नगर अधिवेशनमा उप-प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, नगरसभा सदस्यहरू तथा स्थानीय सरोकारवालाहरूको ठुलो उपस्थिति रहेको थियो । सभाले आगामी वर्षको नीति तथा कार्यक्रमलाई सर्वसम्मत पारित गर्दै नगरको रूपान्तरणका लागि एकजुट भएर अगाडि बढ्ने साझा संकल्प समेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here