मनिष मिश्र,१०असार,२०८२/रौतहट

रौतहटको परोहा नगरपालिकाले ९ औं नगर सभा भव्यताका साथ मंगलवार सम्पन्न गरेको छ।
परोहा नगरपालिकाको प्रशासकीय भवनमा मंगलबार आयोजित ९ औं नगरसभाका बिच नगरप्रमुख शेख वकिले अगामी आर्थीक बर्ष २०८२ र २०८३ को नीति तथा कार्यक्रमको साथ आर्थीक आय व्यय सार्वजनिक गरेका हुन्। नगर सभाको सम्बोधन गर्दै मेयर वकिलले शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, महिला बालबालिका तथा जेष्ठ नागरिक, समाजिक विकास तर्फ लगायत सबै क्षेत्रमा उल्लेखनिय प्रगति गर्दै परोहा नगरपालिकाका राज्यमै एउटा उदाहरणको रुपमा उभिदै गएको हुँदा यो सबै स्थानीय नागरिकको कारण सम्भव भएको बताए ।
नगरप्रमुख वकिलले अगामी आर्थीक बर्ष २०८२ र २०८३ मा संघिय, प्रदेश र आन्तरिक आय गरेर ५३ करोड ६७ लाख ८२ हजार ६४ रुपैयाको बजेट प्रस्तुत गर्नु भएका छन् ।
कार्यक्रमको प्रमुख अतिथि नेपाली काँग्रेस रौतहटका सचिव रामचन्द्र गिरीले परोहा नगरपालिकामा शिक्षा, स्वास्थ्य, कृषि, सिंचाई लगायतका आवश्यक सम्पूर्ण पूर्वाधारहरुको विकास गरिएको हुँदा यहाँका स्थानीय सरकारबाट प्रवाह भईरहेको सेवाबाट यहाँका नागरिकहरु पूर्ण सन्तुष्ट रहेको बताए ।

उपप्रमुख सुगन्धी गिरी, निमित्त प्रमुख प्रशासकीय अधिकृत मो. महफुज, इन्जिनियर दिपेन्द्र यादव, वडाध्यक्ष र वडा सचिवले ९ औं नगर सभाको पूर्ण सफलताको कामना गर्दै परोहा नगरपालिका स्थापना काल देखि नै विभिन्न विकास निर्माण देखि लिएर हरेक क्षेत्रमा देखाएको अग्रिणी भुमिकाका कारण आज चौतफी सराहना भइरहेको बताएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here