दुर्गाभगवती गाउँपालिकाको १२औ अधिवेशन तथा १०औ बजेट अधिवेशन सम्पन्न भएको छ । गाउँपालिकाको समग्र विकास, सुशासन र समृद्धिलाई मुख्य प्राथमिकतामा राख्दै गाउँपालिका प्रमुख शम्भु सिंहले आगामी आर्थिक वर्षका लागि कुल अनुमानित जम्मा रु.३९ करोड़ ३८ लाख ८१ हजार. रुपैयाँको बजेट तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।


“हामी दुर्गा भगवती गाउँपालिकालाई विकास र समृद्धिको नयाँ उचाइमा पुर्याउन प्रतिबद्ध छौँ साथै यो बजेटले गाउँपालिका बासीको चाहना र आवश्यकतालाई सम्बोधन गर्दै शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा ठोस परिवर्तन ल्याउनेछ भन्ने भनाई गा.पा. अध्यक्ष शम्भु सिंहको रहेको थियो ।
गाउँपालिका अधिवेशनमा उपाध्यक्ष , प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, नगरसभा सदस्यहरू तथा स्थानीय सरोकारवालाहरूको ठुलो उपस्थिति रहेको थियो । सभाले आगामी वर्षको नीति तथा कार्यक्रमलाई सर्वसम्मत पारित गर्दै गाउँपालिकाको रूपान्तरणका लागि एकजुट भएर अगाडि बढ्ने साझा संकल्प समेत गरेको छ ।














