१९ फाल्गुन २०८२रौतहट

रौतहट निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा उम्मेदवार किरण कुमार साहले Onlinekantipur सँग सम्बादमा भने आफु आफ्नो प्रतिद्वन्द्वीसँग राम्रो मतान्तरले विजय प्राप्त गर्ने छु। साहले जनताको सेवा नै सबैभन्दा बढी महत्त्वपूर्ण भूमिका खेल्छ र म सेवक मात्र हुँ भन्ने विचार राखेका हुन् ।

गत निर्वाचनमा उनले नेपाली काँग्रेसका मोहम्मद फिरदोस आलमलाई ४ हजार ५९४ मतान्तरले पराजित गरेका थिए । साहले ३२ हजार ८४२ मत पाउँदा आलमले २८ हजार २४८ मत मात्र गर्न सकेका थिए । किरण साहले मातदातालाई हाम्रो भन्दा राम्रो प्रतिनिधि रोज्न आग्रह गरेका छन् । मेरो उम्मेदवारी केवल राजनीतिक दृष्टिकोणले नरहेको कुरा जानकारी गराउँदै शिक्षा स्वास्थ्य तथा बेरोजगारीको समस्या अन्त गर्न रहेको छ भन्ने विचार प्रष्ट गरेका छन्। आफू अल्पकालीन कार्यकालमा पनि मात्र जनता र जनताको हकहितको लागि काम गरेको छुु । मेरो लागि मतदाता मालिक नै सर्वोपरि हुन् भन्ने धारणा रहेको प्रस्ट गरेका छन् ।

निर्वाचनको समयमै आज परेको होली पर्वको शुभकामना पनि क्षेत्रवासी तथा देशवासीलाई प्रदान गरेका छन्।सर्व धर्म सम्भावको विचारवादी जनताको सेवकआफू रहेको पनि भनेका छन्।

फाल्गुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको वातावरण मास्न विपक्षी दलको कार्यकर्ताहरु लागि परेको जानकारी नेकपा उम्मेदवार साहले दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here