२१ फाल्गुन २०८२रौतहट । संजिब झा
रौतहट क्षेत्र नं. १ बाट सूर्य चुनाव चिन्ह लिएर प्रतिनिधिसभा उम्मेदवार रहेका अजय कुमार गुप्ताले आफ्नो मताधिकार प्रयोग गर्नुभएको छ।
उहाँले गौर नगरपालिका-५ स्थित गौरीशंकर यादव क्याम्पसमा रहेको मतदान केन्द्रको मतपेटीका नं. १ मा पुगेर आज बिहान मतदान गर्नुभएको हो।
मतदानपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै गुप्ताले लोकतन्त्रको मजबुतीका लागि मतदाताको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। उहाँले आफूले आफ्नो मताधिकार प्रयोग गरिसकेको उल्लेख गर्दै अब यस क्षेत्रका सम्पूर्ण मतदाताले पनि सोच-विचार गरेर, सबै पक्ष बुझेर र क्षेत्रको समग्र विकास गर्न सक्ने योग्य उम्मेदवारलाई मतदान गर्न आग्रह गर्नुभयो।
मैले आफ्नो मताधिकार प्रयोग गरिसकेको छु, अब पालो यस क्षेत्रका मतदाताहरूको हो। सबैले सोचेर, बुझेर र यहाँको विकास गर्न सक्ने नेतृत्वलाई मतदान गर्नुहोस् गुप्ताले आग्रह गर्नुभयो।















