रौतहट, भदौ २२ ।अवैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको १५ हजार भन्दा बढीको पटाका रौतहट प्रहरीले बरामद गरेको छ।
बरामद गरिएका पटाकाहरू आइतवार दिउँसो करिब ३:३० बजे रौतहट जिल्लाको बि.ओ.पी. लक्ष्मीपुर बेलबिछवाको कार्यालय परिसरमा नष्ट गरिएको प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी निरीक्षक शंकर थापाका अनुसार बरामद पटाकामा नागिन नामक १० बण्डलमा २५० प्याकेट रहेका थिए।
यसरी बरामद गरिएका पटाका दहनशील तथा जोखिमपूर्ण हुने भएकाले तत्काल नष्ट गरिएको स्शस्त्र प्रहरीले जनाएको छ।











