२५भदौ, काठमाडौं । बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकमा लुटपाट गर्न खोजेको आरोपमा ५ जना पक्राउ परेका छन् ।
नेपाली सेनाको टोली परिचालित भएपछि बैंक लुटपाट गर्न खाज्नेहरु पक्राउ परेका सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालय जनाएको छ । ‘हालको परिस्थितिको अनुचित फाइदा उठाएर’ लुटपाट गर्ने कोशिश भएको सेनाले भनेको छ ।दिनभरको तनावपछि पनि स्थिति साम्य नभएपछि राति १० बजेदेखि स्थितिलाई नियन्त्रणमा लिन नेपाली सेना परिचालित भएको छ ।
सेनाले आम नेपाली जनतालाई देशको सम्पत्ति र अवस्था जोगाउन आग्रह गरेको छ ।आन्दोलनको नाममा अराजक तत्वहरूले देशको स्वाधिनता र अखण्तालाई चोट पुर्याउने खालको षड्यन्त्र गर्न सकिने सम्भावना रहेको भन्दै जनालाई सचेत गराएका हुन्।















