१९ फाल्गुन २०८२।संदिप मिश्र सर्लाही

सर्लाहीको पर्सा गाउँपालिकाको जिगडवा आधारभुत विद्यालय मतदान केन्द्रमा खटिएका मतदान अधिकृतको निधन भएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले दिएको सूचना अनुसार, बरहथवा नगरपालिका–५ स्थित आधारभुत स्वास्थ्य केन्द्रमा कार्यरत ४२ बर्षीय सिनियर अहेव रघुनाथ महतो निर्वाचनको शिलशिलामा पर्सा गाउँपालिका–४ स्थित जिगडवा आधारभुत विद्यालय मतदलान केन्द्रमा मतदान स्थलको तयारीमा जुटकै वेला मंगलवार दिउसो २ बजे अचानक बेहोस भएपछि निजलाई तत्कालै उपचारको लागि प्रादेशिक अस्पताल मलंगवामा लगिए तर २.३० बजेको समयमा चिकित्सकले मृत घोषित गरे ।

रौतहटको माधवनारायण नगरपालिका–६ घर भएका महतोको शव प्रादेशिक अस्पताल मलंगवामा राखिएको तथा उक्त घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं डिएसपी सरोज राईले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here