बैशाख २,२०८२/मधेश प्रदेश।

नव बर्ष २०८२ को भोली पल्ट अर्थात सतुआन पछि शुद्धता, शान्ति, प्रकृतिप्रेम, चढ्दो गर्मीमा शीतलता प्रदान गर्नुका सार्थ सामाजिक सदभावको प्रतिकको रुपमा रहेका जुडशीतल पर्व तराई मधेशभरी हर्षोल्लासका साथ मनाईरहेका हुन् ।

आज विहानै बासी पानी अर्थात चिसो पानीले घरका जेष्ठ अभिभावकले सबै सदस्यको टाउकोमा पानी राखेर शुद्धीकरण गर्दै बर्ष भरी नै शीतलता रहोस भन्ने कामना गरिने चलन रहेको छ । त्यतीमा नभई घर वरपर बोट विरुवा, तुलसी चौरा, लगायतका स्थानहरुमा उत्साहका साथ चिसो पानी राख्ने चलनलाई नै जुडशीतल भनिन्छ । परम्परागत संस्कृतिलाई संरक्षण गर्ने उद्देश्यले प्रदेश सरकारले आजको दिनमा सार्वजनिक विदा समेत दिएको छ ।

करिव दुई दशक अगाडी आजको दिनलाई (कादोमाटी) भन्ने गरिन्थ्यो । घरवरिपरीका खाल्डा खुल्डीमा जमेका पानी, हिलो, मानिसहरुको जिउमा छ्याप्ने प्रथा थिए तर समय परिवर्तन संगै उक्त प्रथा एवं चलनको लोप भईसकेका छन् । आजको दिनमा घर बाहिर दिउसा सम्म निस्कदैन्थ्यो ।

यसले आदर, सम्मान र प्रेमको भावना बढाउने मान्यता रहिआएको छ । आजको दिनमा पानीमा हालेको बासी भात संगै कढीबढी विभिन्न किसिमको तरुवा खाने मुख्य चलन रहेको छ ।

प्रकृतिलाई सम्मान र प्रकृतिसंगको अटुट सम्बन्धलाई जुडशितलले दर्शाउछ ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले एक शुभकामना सन्देश जारी गर्दै आजको जुडशीतल सिरुवा पर्वको अवसरमा प्रदेशवासीको मंगलमय रहोस भने कामना गर्दै सभ्य एवं भव्य रुपमा जुडशीतल पर्व मनाउन शुभकामना दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here