६ वैशाख, काठमाडौं । नेपाली यू-१९ क्रिकेट टोलीले आज शनिबार महत्वपूर्ण खेलमा अफगानिस्तानको यू-१९ टोलीसँग खेल्दै छ । काठमाडौंमा जारी आईसीसी यू-१९ विश्वकप एसिया छनोटको अन्तिम दिनको खेलमा दुई दाबेदार टोली खेल्दा दुवैको नजर आगामी वर्ष जिम्बाबे र नामिबियामा हुने यू-१९ विश्वकपमा हुनेछ ।

शनिबारको उक्त महत्वपूर्ण खेल जित्ने टोलीले सन् २०२६ को जनवरी-फेब्रुअरीमा हुने विश्वकपको टिकट काट्ने छ । नेपाल घरेलु मैदानमै खेल्दा लगातार दोस्रोपटक छनोट हुने लक्ष्यमा रहँदा यसअघि सोझै खेल्ने गरेको अफगानिस्तान छनोटमा तानिएको प्रतिशोध साँध्ने दाउमा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here