चन्दन कुमार महतो | अषाढ ६ गते

गरुडा, मधेश प्रदेश – गरुडा नगरपालिकाको १३औं नगर सभा तथा नवौं बजेट अधिवेशन २०८२ असार ६ गते शुक्रबार सफलतापूर्वक सम्पन्न भएको छ। नगरप्रमुख कन्थमणी प्रसाद जयसवालज्यूको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री माननीय राजकुमार गुप्ताज्यू प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो।

नगर उपप्रमुख पुनम चौधरीज्यूले आर्थिक वर्ष २०८२/०८३ को लागि संशोधित नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको थियो। ६९ करोड २६ लाख १७ हजार ३ सय ६७ रुपैयाँ बराबरको यो बजेट नगर सभाबाट सर्वसम्मतिले पारित भएको छ।
यस बजेटमार्फत शिक्षा, स्वास्थ्य, कृषि, सडक, रोजगारी, लघु उद्यम, महिला, बालबालिका, दलित, अपाङ्ग र पछाडि पारिएका वर्गको हितमा नीति तथा कार्यक्रमहरू अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ।

कार्यक्रममा सहभागी हुनुभएका सांसद, वडाध्यक्षहरू, जनप्रतिनिधिहरू, राजनीतिक दलका प्रतिनिधिहरू, नागरिक समाज, सञ्चारकर्मी, सुरक्षा निकाय, कर्मचारी तथा आदरणीय नगरवासी सबैप्रति गरुडा नगरपालिकाले हार्दिक आभार व्यक्त गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here