सोनु कुमार महतो |२०८२/३/१३

रौतहट । सल्भनेपाल काठमाण्डौको सहयोग र गौर नगरपालिकाको सहकार्यमा गौर नगरपालिकाका नगर प्रमुख श्री शम्भु साहको अध्यक्षतामा आज एक विशेष कार्यक्रमका बीच गौर वडा नं. १ देखि ९ सम्मका किसान भाइहरूलाई १७० थान कृषि स्प्रे टंकी वितरण गरिएको छ।

कृषकहरूको आधुनिक कृषि प्रविधिमा पहुँच सुनिश्चित गर्न र कीटनाशक तथा मलजल छर्कनका लागि सहजता ल्याउने उद्देश्यले स्प्रे टंकी वितरण गरिएको हो। कार्यक्रमका दौरान नगर प्रमुख साहले किसानहरूलाई यन्त्र वितरण गर्दै कृषिमा आत्मनिर्भर बन्न प्रेरित गर्न आग्रह गरे।

नगर प्रमुख साहले भने, “कृषकहरूको उत्पादनशक्ति बढाउन प्रविधिको पहुँच अनिवार्य छ। गौर नगरपालिका सदैव किसानहरूको पक्षमा छ र आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्दै जानेछ।”

कार्यक्रममा पालिकाका अन्य जनप्रतिनिधि, सल्भनेपालका प्रतिनिधि, कर्मचारी तथा किसानहरूको उत्साहजनक उपस्थिति रहेको थियो। वितरण गरिएको कृषि उपकरणले कृषकहरूलाई उत्पादनमा गुणात्मक सुधार ल्याउने विश्वास गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here