गौर, रौतहट | रौतहट उद्योग वाणिज्य संघको २१औं वार्षिक साधारण सभा आज गौरमा सफलता साथ सम्पन्न भएको छ।

संघका महासचिव रबिन्द्रनाथ गोपालीले सभापछि सञ्चारकर्मीसँग कुरा गर्दै वार्षिक सभालाई अत्यन्त सफल र व्यवस्थित रूपमा सम्पन्न भएको जानकारी दिए। उनले आगामी दिनमा संघका भावी योजना तथा कार्यक्रमहरूबारे केही दिनभित्र स्पष्ट निष्कर्षमा पुगिने पनि बताए।

महासचिव गोपालीले संघमा आवद्ध सम्पूर्ण व्यापारी, सदस्य, पदाधिकारी तथा सहयोगीहरूको सक्रिय सहभागिता र योगदानप्रति आभार व्यक्त गर्दै, संघको थप सुदृढीकरणका लागि सबैको साथ आवश्यक रहेको बताए।

यस अवसरमा संघका विभिन्न पदाधिकारीहरू, व्यवसायी समुदायका प्रतिनिधिहरू तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमले संघभित्रको एकताको सन्देश दिएको र आगामी दिनमा अझ प्रभावकारी रूपमा उद्योग वाणिज्य क्षेत्रको हितमा कार्य गरिने प्रतिबद्धता व्यक्त गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here