सोनु कुमार महतो | अषाढ १ गते

रौतहट | गौर नगरपालिका वाडा नं–५ मा अवस्थित बडहरवा तालको छेउछाउमा रहेको सडक दुबै किनारमा झारपात र घाँसहरू अत्यधिक मात्रामा बढेको पाइएको छ। यस कारण, सो स्थानमा घुमफिर गर्न आउने सर्वसाधारण तथा सवारीसाधन प्रयोगकर्ताहरू सर्प तथा गीदरको टोकाइको जोखिममा रहेको स्थानीयवासी संजीव गुप्ताले बताएका छन्।

झारपातको कारण बाटो साँघुरो देखिने, सवारी एकआपसमा नदेखिने र अनियन्त्रित रूपमा सवारी चलाउँदा दुर्घटना हुने सम्भावना पनि बढेको छ।

स्थानीयवासीहरूले सम्बन्धित निकायसँग उक्त क्षेत्रमा सरसफाइ कार्य तुरुन्त अघि बढाउन माग गरेका छन्। विशेष गरी तालको सौन्दर्य र सुरक्षालाई ध्यानमा राख्दै, यथाशीघ्र घाँस तथा झारपात हटाई बाटोको दुवै किनार सफा गर्नुपर्ने आवश्यकता महसुस गरिएको छ।

स्थानीय सरकार र सरोकारवाला निकायले यसप्रति ध्यान दिई आवश्यक कदम चाल्ने अपेक्षा गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here