सोनु कुमार महतो | गौर, रौतहट – वैशाख २३, २०८१

नेपाल विद्युत प्राधिकरण गौर शाखाको लापरवाहीले गौर नगरपालिका वडा नं. ३ स्थित मजकुटिया बस्तीका बासिन्दाहरू त्रसित भएका छन्। सो स्थानमा रहेको विद्युत पोलमा झुण्डिएको तार सामान्य मानिसले समेत सजिलै हातले छोउन वा पकड़न सक्ने अवस्थामा रहेको छ।

स्थानीय बासिन्दाका अनुसार, सो तार लामो समयदेखि खुला अवस्थामा रहेकाले बालबालिका, वृद्धवृद्धा तथा सर्वसाधारणको ज्यान जोखिममा परेको छ। यदि यस्ता तारबाट करेन्ट सर्छ भने गम्भीर मानवीय क्षति हुने निश्चित छ।
हामीले पटक-पटक सम्बन्धित निकायलाई जानकारी गराएका छौं, तर अहिलेसम्म कुनै समाधान भएको छैन,” एक स्थानीय बासिन्दाले आक्रोश पोखे। उनले थपे, “बालबालिकाहरू खेल्ने समयमा त्यहाँ पुग्छन्, जुन कुनै पनि बेला दुर्घटनाको कारण बन्न सक्छ।
नेपाल विद्युत प्राधिकरण गौर शाखाको चरम लापरवाहीका कारण यस्तो खतरनाक अवस्था उत्पन्न भएको भन्दै स्थानीयले तत्काल समाधानको माग गरेका छन्। यथाशीघ्र मर्मत तथा सुरक्षाको व्यवस्था नगरिए प्राधिकरण नै भविष्यमा हुनसक्ने दुर्घटनाको जिम्मेवार ठहर्नेछ। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here