प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ को उपाधिका लागि त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने भएको छ। 

बिहीबार रुपन्देहीको एक्स्ट्राटेक ओभलमा नेपाल पुलिस क्लबलाई लिग चरणको आफ्नो अन्तिम खेलमा ४ विकेटले पराजित गर्दै आर्मीले फाइनलमा स्थान पक्का गरेको हो। 

यसअघि लगातार आठ खेल जितेर फाइनलमा स्थान पक्का गरेको पुलिस नवौं खेलमा पराजित भयो। सबै नौ खेल खेलिसक्दा पुलिस र आर्मीले आठ आठ खेल जितेर १६-१६ अंक जोडे। रनरेटमा भने पुलिस अघि रहदै शीर्ष टोली बन्यो। 

आर्मीले फाइनलमा स्थान पक्का गरेसँगै १४ अंक जोडेर तेस्रो स्थानमा रहेको सशस्त्र प्रहरी बलको एपिएफ क्लबको फाइनल खेल्ने आसा समाप्त भयो। अब उपाधिका लागि आर्मी र पुलिसबीच शनिबार रुपन्देहीको सिद्धार्थनगरमा प्रतिस्पर्धा हुनेछ।

बिहीबार पुलिसले दिएको १४९ रनको लक्ष्य आर्मीले ६ विकेटको क्षतिमा ४१ ओभरमा पूरा गर्‍यो। आर्मीका लागि विवेक यादवले नटआउट ४१ रन र कप्तान विनोद भण्डारीले नटआउट १३ रन जोडे। त्यसअघि त्रृतराज दास २५ रन, सन्तोष कार्की २२ रन, भीम सार्की २३ रन र बसिर अहमद १२ रनमा आउट भएका थिए। नरेन साउद शून्य र इमरान शेख १ रनमा पेभिलियन फर्किए। 

बलिङमा पुलिसका ललित राजवंशीले ४ विकेट लिए। यससँगै उनले यो सिजनको प्रधानमन्त्री कपको नौ लिग खेलमा ४० विकेट पूरा गरे। 

Lev3
Laxmi bank

आलमले सय विकेट पूरा गर्दा पुलिस सस्तैमा अलआउट

आर्मीका देब्रे हाते स्पिनर साहब आलमले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सय विकेटको कोशेढुंगा पार गरे।

Nchl
Ncell

आलमले बिहीबार एक्स्ट्राटेक ओभलमा पुलिसविरूद्ध चार विकेट लिएसँगै प्रधानमन्त्री कपमा सय विकेट पूरा गरेका हुन्।

आलम प्रधानमन्त्री कपमा सय विकेट पूरा गर्ने दोस्रो बलर बने। यसअघि अघिल्लो खेलमा पुलिसका स्पिनर ललितनारायण राजवंशीले सय विकेट पूरा गरेका थिए।

आलमले सन् २०१७ देखि प्रधानमन्त्री कप खेल्दा ४९ खेलबाट १०३ विकेट लिइसकेका छन्।

जारी प्रतियोगिताको सर्वाधिक विकेट लिने बलरको दोस्रो स्थानमा रहेका आलमले ९ खेलबाट २८ विकेट लिइसकेका छन्। 

आलमले ४ विकेट लिएपछि आजको निर्णायक खेलमा पुलिस ४१.४ ओभरमा १४८ रनमै अलआउट भयो।

टस जितेको आर्मीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ५० रन बनाउँदा आरिफ शेखले २२ रन जोडे। 

अरु ब्याटर सस्तैमा आउट हुँदा पुलिस १५० रनभन्दा कम स्कोरमा समेटियो। 

बलिङमा आर्मीका आलमले ४ विकेट लिँदा नरेन साउदको नाममा ३ विकेट रह्यो। कुशल मल्ल र भीम सार्कीले १-१ विकेट हात पारे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here