८ भाद्र २०८२रौतहट /संजिब झा

रौतहटको गौर नगपालिका ९–सिर्सिया सडकखण्ड अन्तर्गत मुडवलबा मोड नजिक गए राति शनिबार १०:३० बजे समयमा संकास्पद सुटकेश फेला परेको थियो। प्रहरीका अनुसार रस्सीले बाँधिएको अवस्थामा फेला परेको सो सुटकेश खोलेपछि भित्र महिलाको शव रहेको देखिएको छ। रातो लुगा लगाएकी महिलाको हत्या गरी सुटकेसमा डोरीले बाँधिएको अवस्थामा भेटिएको शव रौटहटको माधवनारायण नगरपालिका- ६ मा घर हाल महादेवपट्टी डेरा गरी बस्ने २६ वर्षीया रुवीकुमारी साहको पुष्टि भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार साहको भारतको मजफरपुरमा विवाह भएको थियो । उनी हाल माइतीमा बस्दै आएकी थिइन् ।
उनि हिजो साझ ६ बजे देखि सम्पर्क बिहिन बनेको पारिवारिक श्रोतले जनाएको छ l ब्युटीपार्लर जान्छु भनेर हिडेकी उनि ६ बजे पछी सम्पर्क बिहिन भएकि थिइन् l
शव गएराति गौर नगरपालिका- ९ स्थित गौर–सिर्सिया सडकखण्डस्थित दिव्यज्योति स्कुलको गेटनजिकै भेटिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

रौतहटमा बढ्दो अपराधीक घटनाहरु सर्वसाधारणलाई भय त्रासको माहौल सिर्जना गरेको छ। आपसी रन्जिस र द्वन्द्व चर्किएपछि यस्ता घटना भइरहेको जानकारी प्रहरीले दिएका छन्। रौतहटको सुरक्षा व्यवस्था माथि पनि अंकुश लागि रहेको अवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here