१९ असोज, काठमाडौं । शुक्रबार र शनिबार निरन्तर आएको वर्षाका कारण आएको पहिरो र बाढीमा परेर ज्यान गुमाउनको संख्या ५३ पुगेको छ ।

नेपाल प्रहरीले दिएको पछिल्लो विवरण अनुसार, देशभर ज्यान गुमाउनेको संख्या ५३ पुगेको हो ।जसमध्ये सबैभन्दा कोशी प्रदेशका जिल्लाहरूमा ज्यान गुमाउनेको संख्या धेरै छ । इलाममै ३७ जनाले ज्यान गुमाएका छन् । उदयपुरमा २, खोटाङमा २ र पाँचथरमा ८ जनाले ज्यान गुमाएका छन् ।त्यस्तै, रौतहटमा ३ जनाले बाढीमा परेर ज्यान गुमाएका छन् ।

गत शुक्रबार र शनिबार निरन्तर आएको वर्षा र त्यसपछिको बाढीपहिरोले मानवीय र भौतिक क्षति पुर्‍याएको छ ।यद्यपि अहिले पनि विभिन्न जिल्लाका विवरणहरू संकलन गर्ने क्रम जारी छ ।

मृत्यु भएकाहरुको विवरण:

सि.नं.नामथरलिङ्गबर्षस्थान
1.सुरेश लिम्बुपुरुष२८ फाकफोकथुम गापा ३ रातमाटे
2.मन माया क्षेत्रीमहिला६५सुर्योदय नपा १ मानेभञ्याङ
3.रस्मिका क्षेत्रीमहिला१०सुर्योदय नपा १ मानेभञ्याङ
4.दिप बस्नेतपुरुष४५जिल्ला दोलखा
5.भवानी बस्नेतमहिला४४जिल्ला दोलखा
6.दिव्या बस्नेतबालिका१२जिल्ला दोलखा
7.समिर देउजालीपुरुष२३ईलाम नपा ६
8.प्रविण तामाङपुरुष२३ईलाम नपा ६
9.बिराज पाख्न तामाङपुरुष२३ईलाम नपा ६
10.अनु तामाङमहिला३२झापा अर्जुनधारा नपा ६
11.प्रिन्सिखा मगरमहिलामाई नपा ५
12.आवास दनुवारबालकझापा अर्जुनधारा नपा ६
13.रोशन लिम्बुपुरुष२२देउमाई नपा ५ झारे
14.बेबिसा राईमहिला२२देउमाई नपा ५ झारे
15.दिपक लिम्बुपुरुष३०देउमाई नपा ५ ढुसेनी
16.ऋषिका लिम्बुमहिला२७देउमाई नपा ५ ढुसेनी
17.दिपिस्का लिम्बुबालिका१०देउमाई नपा ५ ढुसेनी
18.सौजन लिम्बुबालकजिल्ला पाँचथर फात्तेप
19.सौगात लिम्बुबालक११जिल्ला पाँचथर फात्तेप
20.कृष्णा माया लिम्बुमहिला५७माङसेबुङ गापा १ पार्टी गाँउ
21.माया लिम्बुमहिला५०माङसेबुङ गापा १ पार्टी गाँउ
22.नेहा राईबालिका१७जिल्ला पाँचथर मिक्लाजुङ गापा ६
23.भिम बहादुर राईपुरुष४३सन्दकपुर गापा १
24.हरिमाया राईमहिला६६सन्दकपुर गापा १
25.देवी राईमहिला४७सन्दकपुर गापा १
26.शेखर राईपुरुष५४सन्दकपुर गापा १
27.सारादा सेडाईमहिला७४सन्दकपुर गापा १
28.तारादेवी राईमहिला४८सन्दकपुर गापा १
29.कृष्ण मगरपुरुष२८देउमाई नपा ३ लक्षमीबाटे
30.किरण थेवेपुरुष२८माईजोगमाई गापा ६ ओडारे
31.मनमाया थेवेमहिला१८माईजोगमाई गापा ६ ओडेरे
32.मुनुसा थेवेबालिकामाईजोगमाई गापा ६ ओडारे
33.बर्मालल सोङमीपुरुष८२माईजोगमाई गापा ३ प्याङ
34.बुद्धमाया सोङमीमहिला७०
35.धनबल सोङमीपुरुष४६माईजोगमाई गापा ३ प्याङ
36.सरला सोङमीमहिला४२माईजोगमाई गापा ३ प्याङ
37.प्रकृती सोङमीबालिका१४माईजोगमाई गापा ३ प्याङ
38.मन्जु अधिकारीमहिला४५जि.उदयपुर
39.रेविका राईमहिलाजि.उदयपुर
40.मिकेश नेम्वाङ्गपूरुष१७जि.पाचथर
41.कान्छीमाया सेर्मामहिला७९जि.पाचथर
42.सुमन विकपूरुष२१खोटाङ्ग
43.राजेश रम्तेलपूरुष४०खोटाङ्ग
44.मनिषा कार्कीमहिला२८पाचथर
45.यूना तामाङ्गमहिला२९पाचथर
46.धन कुमार चोमजोङ्गपुरुष३३पाचथर
47.अभिशेक लिम्बुपूरुष३२पाचथर
48.बिनोद लङ्गवापूरुष३३पाचथर
49.गिता हाङ्गाममहिला२१पाचथर
50.नविन यादवपूरुष१६रौतहट
51.सरोज लेहरीपूरुष१७रौतहट
52.पनवा देवीमहिला७५रौतहट
53.बिमला देवी तामाङ्गमहिला57काभ्रे (थप)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here