२०८२।११।०८ गते।

संदिप मिश्र सर्लाही

आज दिनको 2 बजेको समयमा सर्लाही जिल्ला बिष्णु गा.पा. ४ मधुवन पट्टी टोल स्थित बाटोको खाल्डोमा जमेको पानीमा तत्काल लिंग, नाम, थर, वतन नखुलेको मानिसको टाउको घोप्टो अवस्थामा देखिएको समाचार प्रकाशनमा आएको छ। प्रहरी चौकी मधुवनगोठ सर्लाहीमा जानकारी प्राप्त हुनासाथ उक्त स्थानमा प्र.स.नि. अनुरुद्र प्रसाद गुप्ताको कमाण्डमा ५ जनाको टोली खटी सहित घटनास्थल सुरक्षित राखी थप अनुसन्धानको लागी इ.प्र.का. गडहिया बाट प्र.नि. कैलाश चौधरीको कमाण्डमा ५ जना, तालुक जि. प्र.का. सर्लाही बाट प्र.नि. बिशाल बहादुर बुढाथोकीको कमाण्डमा SOCO सहित प्रहरी टोली खटी गएको, उक्त स्थान प्र.चौ. मधुवनगोठ सर्लाही बाट अ. २ कि.मि. पुर्व पर्ने, बि.बि. पछी ।
थप टिपोटः- ऐ. १७;०५ बजेको समयमा घटना सम्बन्धी थप अनुसन्धानको लागी जि.प्र.का. सर्लाही बाट प्र.ना.उ. सरोज राई को कमाण्डमा १० जना, केनाइन शाखा लालगढ धनुषा बाट प्र.ना.नि. सन्तोष लामाको कमाण्डमा डग सहतिको टोली खटी खटाइएको छ।
थप टिपोटः-ऐ. १८;१५ बजेको समयमा उक्त लास जमेको पानीबाट निकाली हेर्दा निज मृतक जिल्ला सर्लाही बिष्णु गा.पा. ४ मधुवनीपट्टी टोल बस्ने चुल्हाई महत्तोको छोरा अं. वर्ष २२ को सन्तोष महत्तो भन्ने खुलेको, अन्य लास जाँचमुचुल्का लगाएत अन्य अनुसन्धान कार्य भई रहेको जानकारी प्रहरीले दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here