८ फागुन, काठमाडौं । नेपाली कांग्रेसले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार दिनेमाथि अनुशासनको कारबाही गर्ने तयारी गरेको छ ।पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय अनुशासन समितिको बैठकमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उठ्ने व्यक्ति, त्यस्ता व्यक्तिका प्रस्तावक र समर्थकलाई पनि अनुशासनको कारबाही गर्ने विषयमा छलफल अघि बढाएको हो ।

पार्टी कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार कपिलवस्तु लगायतका केही जिल्लाबाट अनुशासनको कारबाहीका लागि सिफारिस आएको र सोही विषयमा छलफल भएको हो । अब बस्ने बैठकले के कस्तो कारबाही गर्ने भन्ने निर्णय लिने उनको भनाइ छ ।समिति संयोजक तारामान गुरुङको संयोजकत्वमा बसेको बैठकले समितिको कार्यविधि-२०८२ समेत पारित गरेको छ । त्यही कार्यविधिअनुसार अर्को बैठकबाट उनीहरूलाई अनुशासनको कारबाही गर्ने तयारी कांग्रेसको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here