४ भाद्र ,२०८२रौतहट / संजिब झा
रौतहटमा बढ्दो अपराधीक घटनाहरु सर्वसाधारणलाई भय त्रासको माहौल सिर्जना गरेको छ। आपसी रन्जिस र द्वन्द्व चर्किएपछि यस्ता घटना भइरहेको जानकारी प्रहरीले दिएका छन्।

गौर नगरपालिका–५ गौरीशंकर क्याम्पस बरहवा ताल नजिक अन्दाजी २१ वर्षको युवकलाई छुरा प्रहार गरी हत्या गरिएको छ।
हत्या भएको व्यक्तिको पहिचान खुल्न बाँकी भए पनि प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ।
स्थानीयले घटनापछि त्रास र आक्रोश व्यक्त गरेका छन्।

छुरा प्रहार गरेको आरोपमा गौर ३ का सनोज रामलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको कारण पता लगाउन अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।दुबै जना लागुऔषध गाँजा (वाटर गन) सेवन गरिरहेका बेला वादविवाद भएको र सोही क्रममा १९ वर्षीय युवकले चक्कु प्रहार गर्दा २१ वर्षीय युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय राैतहटका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजू कार्कीले जानकारी दिनु भयाे ।
पहिचान खुल्न न सकेकाे २१ वर्षीय युवककाे पेट, टाउको, छाती र खुट्टामा धारिलो हतियार चक्कु प्रहारबाट गम्भीर चोट लागेको थियो । घाइतेलाई तत्काल प्रहरीको टोलीले उद्धार गरी प्रादेशिक अस्पताल गौर पुर्याए पनि चिकित्सकले अपराह्न करिब ३ बजे मृत घोषणा गरेकाे डिएसपी कार्कीले बताउनु भयाे |















