१७ भाद्र २०८२रौतहट ।
प्रेमचन्द्र झा
रौतहट।परोहा नगरपालिका–२ निवासी अनिल कुमार पासवानले एकै समयमा दुई वटा सरकारी जागिर खाएर राज्य संयन्त्रलाई ठगेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।इ
स्थानीयवासीहरूले दिएको जानकारी अनुसार पासवानले २०७५ सालदेखि जिल्ला हुलाक कार्यालयमा वितरण एजेण्टको रूपमा काम गर्दै आएका थिए। तर २०७८ सालमा आफ्ना हजुरबुबा शुभनारायण पासवानको निधनपछि खाली भएको परोहा नगरपालिका–२ स्थित मावि जिगडवा वेलविछवामा विद्यालय परिचर (पियन) को पदमा पनि उनी नियुक्त भएका थिए। यसरी उनले दुई वटा सरकारी तलबभत्ता लिँदै आएका थिए।
दुईवटा सरकारी जागिर एकैपटक सम्हालेर कानुनविपरीत लाभ लिएको भन्ने जानकारी पाएपछि स्थानीयवासीहरूले परोहा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत महफुज अहमद, जिल्ला हुलाक प्रमुख देवनाथ यादव, र पासवानलाई विपक्षी बनाउँदै अषाढ १८ गते अख्तियारमा उजुरी दिएका थिए। तर अहिलेसम्म पासवानले पाएको तलब फिर्ता गरिएको छैन भने कुनै कारबाहीतउपनि नभएको निवेदकहरूले बताएका छन्।
विद्यालयका प्रधानाध्यापक इन्द्रदेव पण्डितले पनि परोहा शिक्षा शाखाले मागेको स्पष्टिकरणमा सामाजिक सञ्जालमार्फत यस्तो गतिविधि थाहा पाएको स्वीकार गरेका छन्। तथापि, पासवानको राजनीतिक पहुँचका कारण ठोस छानबिन र कारबाही अगाडि नबढेको वडा उपाध्यक्ष पाचु महमदको भनाइ छ।
स्थानीयहरूले अब अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गम्भीरताका साथ छानबिन गरी राज्यबाट ठगिएको रकम फिर्ता गराउने र दोषीलाई कारबाही गर्न माग गरेका छन्।















