Oplus_16908288

३ भदौ, रौतहट । रौतहटको गौरमा हिजो भेटिएको एक पुरुषको शव शंकास्पद रहेको खुलासा भएको छ ।

हिजो सोमबार गौर नगरपालिका वडा नं. ५ मा रहेको नेपाल लजको २०२ नम्बर कोठामा सप्तरीका ५९ वर्षिय उपेन्द्र कुमार भगतको शव भेटिएको थियो । होटेलको सो कोठामा दुर्घन्धीत अवश्थामा उनको शव फेला परेको थियो ।

सप्तरी जिल्लाको खडक नगरपालिका वडा नं. ७ का उपेन्द्र भगत गत साउन २९ गते नेपाल लजमा आएका थिए । सप्तरीमा रहेको श्यामबाबा राइस एण्ड ओइल मिल प्रा.लि.बाट अषाढको २५ गते देखी उनी बेपता रहेका थिए । मिलको म्यानेजरका रुपमा कार्यरत उनी स६प ३६९४ नम्बरको मोटरसाइकल र मोबाइल त्यही छोडेर बेपता भएको खबर आएपछि उनको परिवारजनले खोजतलाश गरि दिन २६ अषाढमा सप्तरी प्रहरीमा निवेदन दिएका थिए ।

मृतक भगत श्यामबाबा सप्लायर्स प्रा.लिका संचालक समेत रहेका थिए । लालु प्रसाद अग्रवाल र श्याम सुन्दर अग्रवालसँगै कारोबार गरेका भगतको अर्थिक लेनदेनको क्रममा अपहरण पश्चात हत्या भएको आरोप मृतकका छोरा विकास कुमार भगतले लगाएका छन ।

“मेरो बुवा बेपता भएकै दिन उनको फर्मको बैंक खाताबाट ४४ लाख रुपैंया झिकिएको छ ।” विकास कुमार भगतले भने “संयुक्त खातामा उनको दुई पार्टनरहरु मध्ये एक जनाले हस्ताक्षर गरेर चेकबाट रकम निकालेको भेटिएको छ ।” १ करोड ४० लाख रुपैंया ऋृण लिएका पार्टनरहरुबाटै उनको अपहरण र हत्या भएको आफुहरुको शंका रहेको विकासले बताए ।

सप्तरीको मान्छे गौरको लजमा आएर बस्नु, लजको संचालकले आफ्नो ग्राहक तिन दिन सम्म कोठाबाट एक पटक पनि ननिस्कदा कुनै वास्ता नगर्नुले घटनालाई झनै शंकास्पद बनाएको विकासले बताए । दुई खाटको बिचमा तल भुईमा लडेको तथा मुखबाट रगत आएको अवश्थामा उपेन्द्रको शव २० घण्टा पछि मात्रै लजका कर्मचारीले देखेका थिए । नेपाल लजका संचालक अमित केशरीले भने मृतक उपेन्द्र यस अघि पनि दुई पटक लजमा आएर बसेको बताए । आफु काम विशेषले लजमा नहुदा कर्मचारीहरुलाई लजको जिम्मा छोडेको र हिजो सोमबार आफु लजमा आएर ग्राहकहरुको रजिष्टर हेर्दा कर्मचारीलाई २०२ नम्बर कोठामा हेर्न पठाउदा शव देखेपछि प्रहरीलाई खबर गरेको संचालक केशरीले बताए ।

मृतकको शवमा बाहिरी चोटपटक केही नदेखिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक नेत्रमणी गिरीले बताए । मृतकको शवलाई पोष्टमार्टमका लागी प्रादेशिक अस्पताल गौरमा राखिएको र सो लजको सिसिटिभि प्रहरीले अनुसन्धान गरीरहेको उनले बताए ।

यता मृतकका छोरा विकासले भने पोष्टमार्टम गौरको सट्टा अन्य ठाँउको अस्पतालमा गर्नुपर्ने माँग गरेका छन । घटनाको अनुसन्धानका लागी आफुले निवेदन दिदा समेत प्रहरीले लिन नमानेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here