३१ असोज २०८२रौतहट ।
“७० औं प्रहरी दिवस २०८२” को अवसरमा इमान्दारी, वफादारी र उत्कृष्ट कार्य सम्पादनका लागि प्रहरी अमोद कुमार यादवलाई पुरस्कृत गरिएको छ।
गत जेठ महिनामा रौतहटको दुर्गाभगवती गाउँपालिका–५ स्थित झाझ खोलाको झुलुङ्गे पुल छेउमा भेटिएको महिलाको शव र भर्खरै घटेको सुटकेस हत्या प्रकरणमा यादवले दिनरात खटिँदै घटनाको सत्य पत्ता लगाउन अहम भूमिका निर्वाह गरेका थिए।

उनी लामो समयदेखि आफ्नो जिम्मेवारीमा निष्ठा, इमान्दारी र सक्रियतापूर्वक संलग्न रहँदै आएका प्रहरीका रूपमा परिचित छन्। विभागीय नीति तथा निर्देशनअनुसार उत्कृष्ट कार्य सम्पादनको कदरस्वरूप उनलाई प्रहरी नियमावली २०७१ (संशोधन सहित) को परिच्छेद १५, नियम १९७ बमोजिम पुरस्कारद्वारा सम्मान गरिएको हो।
यादवको यो समर्पण र सेवा भावले अन्य प्रहरी कर्मचारीहरूमा समेत प्रेरणा जगाउने विश्वास लिइएको छ।















