जेठ ३,२०८२/ गरुडा

समाजसेवा, मानवता र निःस्वार्थ समर्पणको जीवित प्रतिमूर्ति वंशीराम जयसवाल हामीबाट सधैंका लागि बिदा हुनुभयो।९३ वर्षको उमेरसम्म अनाथ र विपन्न बालबालिकाका लागि जीवन समर्पण गर्नु भएका जयसवाल ज्यूले आफ्नो घरपरिवार त्यागेर सयौँ अनाथको अभिभावक बनेर सेवा गर्नुभएको थियो।

उहाँले स्थापना गरेको अनाथालय र विद्यालय, दान गरिएको जमिन, तथा धर्म र सेवा समर्पित गायत्री शक्ति पीठ—सबै उहाँका अमूल्य योगदान हुन्। वंशीराम अनाथालयका बालकहरू आज फेरि टुहुरा भएका छन् ।

उहाँको निधनले समाजले असल अभिभावक, मार्गदर्शक र प्रेरणाका स्रोतलाई गुमाएको छ।जयसवाल ज्यूप्रति भावपूर्ण श्रद्धाञ्जलि।उहाँको सेवा, त्याग र समर्पण सधैं स्मरणीय रहनेछ । इतिहासमा वहाँकाे नाम स्वर्ण अक्षरमा लेखिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here