रौतहटका दुर्गाभगवती गा पा को दुर्गाभगवती पिपरा मन्दिरको मेला समितिले आज एक समापन कार्यक्रम राखेको थियो।सो कार्यक्रममा समितिका पदाधिकारीहरुले मन्दिरको मेला ,विभिन्न सहयोगी हात एवम संस्थाबाट सहयोग पाएको आय व्ययलाई नागरिक समाज तथा स्थानीय भद्र भलाद्मी एवम बुद्धिजीवी समक्ष पेश गरेको थियो।

पार्दर्शी स्वच्छ र सहज रुपले भव्य पुजा एवम मेलालाई सम्पन्न गराउनमा सहयोग गर्ने सर्व पक्षीय आदरणीय ब्यक्तित्वहरुलाई सम्मान गरिनुको साथै प्रशंसा पत्र बितरण गरिएको थियो।यस्तै पुजाका अध्यक्ष पंकज कुमार सिंहले उप स्थिती सबैजनालाई मुरी मुरी धन्यवाद दिएका थिए ! कार्यक्रममा वरिष्ठ नेता रेवन्त झा समाजसेवी छोटन सिंह वरिष्ठ पत्रकार प्रभात झा गापा अध्यक्ष शम्भु सिंह जिल्ला प्रहरी प्रमुख नेत्रबिक्रम गिरी त्यस्तै अन्य पत्रकार मित्रहरु वडाअध्यक्षज्युहरु एवम बिधायक प्रत्यासी राजेश चौधरी समेतको उपस्थिती रहेको थियो।

कार्यक्रमको आयोजना र मेला एवम पुजालाई शान्तिपुर्वक सम्पन्न बनाउनमा प्रमुख भुमिका निर्वाह गर्ने र प्र स नि गौरव दास र वहाको टीम तथा गा पाका जिन्सी प्रमुख राजेश भन्ने संजिव कुमार दासको अतुलनीय भुमिका रहेको थियो।त्यस्तै यहाको पुजा र मेलाको इतिहासको बारेमा
गापा अध्यक्ष शम्भु सिंह र प्रवक्ता धर्मेन्द्र झाले सबै समक्ष प्रस्तुत गर्नु भएको थियो।अन्तमा यस्तै पुजा एवम मेलाको कार्यक्रम सधै होस भन्ने स्थानीयहरुमा चर्चाको बिषय बनेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here