२० वैशाख ,२०८२/जनकपुर/
नेपाली काँग्रेस मधेश प्रदेशको पदाधिकारी तथा विभागीय प्रमुखहरुको एक दिने अभिमुखिकरण कार्यक्रम शनिवार जनकपुरधाममा सम्पन्न भएको छ ।
मधेश प्रदेश विभागीय प्रमुखहरुको अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका मधेश प्रदेश सभापति कृष्ण यादवले प्रदेशको आठ वटै जिल्लाको सबै स्थानीय तहमा रहेका संगठनलाई चलायमान बनाई पार्टीको संगठनात्मक कार्यलाई बलियो बनाउनुपर्नेमा जोड दिए ।
पार्टीमा लागेका सम्पूर्ण नेता र कार्यकर्ताहरु पूर्ण इमानदारीका साथ काम गर्न निर्देशन दिदै प्रदेश सभापति यादवले मधेशमा नेपाली काँग्रेसलाई बलियो बनाउनुका साथै पहिलो पार्टीको रुपमा स्थापित गराउनुपर्ने तपाई हाम्रो दायित्य रहेको बताए ।
विभिन्न बहानामा मधेश प्रदेशमा भईरहेका बेथेतीलाई चिर्दै काँग्रेसको मुल मन्त्रलाई अंगिकार गरेर अघि बढ्नुपर्ने जिकिर गर्दै व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर पार्टीको हित एवं भलो कसरी हुन्छ त्यस तर्फ जागरुक भएर संगठनका कार्यहरुलाई विस्तार गर्नुपर्ने निर्देशन दिए ।
महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठले विभागीय प्रमुखलाई विधानसभाले प्रशिक्षण दिदै प्रदेशका पदाधिकारी तथा विभागीय प्रमुखहरूलाई पार्टीका नीति तथा विधि विधानको विषय जिम्मेवारीको बारेमा जानकारी गराए ।
नेपाली कांग्रेसको उपसभापति वीरेन्द्र प्रसाद सिंहले विभागीय प्रमुखहरूलाई नेपाली काँग्रेसका विधानलाई अध्ययन गरेर सबैको जिम्मेवारी तथा काम कर्तव्यको विषयमा जानकारी दिए ।
नेपाली कांग्रेस मधेस प्रदेश कार्य समिति विभागीय प्रमुख एवम सचिवहरूका लागि १ दिने अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएका थिए । सो कार्यक्रममा कोशी प्रदेश सभापति उदब थापाले कांग्रेसलाई बलियो बनाउन यहाँहरुको महत्वपूर्ण भुमिका हुने बताए ।
जनकपुरधाम स्थित प्रदेश कार्यालय सभा हलमा कार्यक्रम सम्पन्न भएको एक दिने अभिमुखिकरण कार्यक्रममा नेपाली कांग्रेस मधेस प्रदेश कार्य समितिका सदस्यहरु, विभिन्न विभागीय प्रमुख तथा सचिवहरु, पार्टीबाट आमन्त्रीत सदस्यहरु लगायतका विभिन्न विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको प्रचारप्रसार प्रमुख नितेशकुमार गुप्ताले बताए ।














