चन्दन कूमार महतो l रौतहट – रौतहट जिल्लाको राजपुर नगरपालिका–५ मा अवस्थित अधुरो अवस्थामा रहेको अघूरो हनुमान मन्दिरको पुनर्निर्माण कार्य सुरु गरिएको छ। मन्दिरको निर्माण कार्यको उद्घाटन तथा माथिल्लो भागको गुजुङ (गुम्बज) को शिलान्यास जनमत पार्टीका प्रदेश सभा सदस्यका उम्मेदवार शेख मोहम्मद आलम (बाबू साहेब) ले गर्नुभएको हो।

उक्त कार्यक्रम पर्यटन विकास कार्यालयको सहयोगमा आयोजित गरिएको हो भने कार्यक्रमको सञ्चालन लोकनाथ ठाकुरले गर्नुभएको थियो। निर्माण आयोजनाका उपभोक्ता समितिका अध्यक्ष श्याम बाबू साह रहेका छन्।

करीब १६ लाख रुपैयाँको लागतमा मन्दिर पुनर्निर्माण सम्पन्न हुने जनाइएको छ। पुनर्निर्माणको खबरले स्थानीयवासीहरूमा उत्साह थपिएको छ। उनीहरूका अनुसार धार्मिक र सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण मानिने यस स्थानको संरक्षण आवश्यक थियो।

शिलान्यास कार्यक्रममा जनमत पार्टीका नगर इन्चार्ज मो. जमिलउल्लाह, पूर्व नगर इन्चार्ज शेख फेराज, युवा नेता शेख नसिम, साथै शेख रहुलहक, राम बाबू ठाकुर, लखिन्द्र साह, रमेश जैसवाल, रामलगन पण्डित लगायतका नेताहरू र कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here