३० असोज, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश सांसद सरोज सिंह कुशवाहा निलम्बित भएका छन् ।

भ्रष्टाचार अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि विशेष अदालतमा आजै मुद्दा दायर गरेको थियो ।अख्तियारले मधेश प्रदेश सभालाई जानकारी गराएको छ।अख्तियारको पत्र अनुसार मधेश प्रदेशसभाले कुशवाहालाई सांसद पदबाट निलम्बन गरेको जानकारी गराएको छ । नयाँ सरकार गठनपछि सत्तामा रहेको दलका सांसदलाई नै निलम्बित गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here