११ असार,२०८२/रौतहट /संजिब झा

वृन्दावन नगरपालिकाको सर्वसाधारण जनतालाई दुःख र जालसाजीको सामना गर्नु परिरहेको अवस्था छ।एक जना भ्रष्ट र ठगको अगाडि प्रशासन र न्यायालय स्तब्ध बनेको छ। बुधबार साँझ करिब सात बजेको समयमा रौतहट जिल्ला प्रहरी कार्यालयका अगाडि सर्वसाधारणहरु न्यायका लागि गुहार माग्दै आएका थिए।


अनलाईन कान्तिपुरसँग एक जना पिडित व्यक्तिले कुरा गर्दै भने हामी स्वास्थ्यकर्मी सुनिल मिश्रबाट ठगिएका पिडित हौं।पिडित रामनन्द सहनी भन्छन् कि साहु जग बहादुर ठाकुरले मबाट ५लाख ५० हजार नगद अनुचित लेनदेन गरको छ जसले गर्दा हामी लुटियौँ।। अर्कोतर्फ हामी प्रत्येक व्यक्तिको जग्गा सुनिल मिश्रले अनैतिक रुपमा खोसेको छ। घरमा समस्या पर्दा हामीहरु सुनिल मिश्रबाट २लाख देखि पाँच लाख सम्मको रकम जग्गा पास गरी कर्जा लिएका थियौं तर म्याद नसक्दै मिश्रले हामीसँग जालसाजी गरी हाम्रो जग्गा हड्प्ने नियतले अन्याय गरेको छ।

पटक पटक आग्रह गर्दा भोलि पल्ट भइ हाल्छ भन्थ्यो तर केही दिन अघि ती जग्गाहरू बिचौलियाको सहायताले अरुलाई नामसारीको प्रक्रिया बढाउँदा जानकारी पायौं। हाम्रो जग्गा खोइ ?भन्न जादा उल्टै हामीलाई धाकधम्की दिदै मोटरसाइकल चोरीको झुटो मुद्दा लगाएर षड्यन्त्र पूर्वक उजुरी दियो।
हामी न्यायका लागि अदालतको बाटो रोज्यौँ तर अदालतले उल्टै हामीलाई नै सुनिल मिश्राको अदालती खर्च तिर्नु पर्छ भनेर आदेश जारी गरेको रहेछ। गरिबलाई सजिलैसँग लुट्न र ठगी गर्न सकिन्छ भन्ने कुरा यसबाट प्रष्ट हुन्छ। हाम्रो मद्दत प्रहरी र प्रशासन कोइ गर्न मानिरहेको छैन त्यसैले हामी बाध्य भएर यहाँ उभेका हौँ।हाल सुनिल मिश्रलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here