४ चैत्र, सर्लाही । संदिप मिश्र

इनिसा विक हत्या प्रकरणमा दोषीलाई कडा कारबाहीको माग गर्दै सर्लाहीको चकरघटा गाउँपालिकाको मेयर प्रत्यासी रोशन यादवको नैतृत्वमा युवाहरुले मैनबती बालेर विरोध प्रदर्शन गरेका छन् ।

इनिशा बिक हत्या प्रकरणको निष्पक्ष छानबिन गर्दै दोषिलाई कडा भन्दा कडा कारवाहीको माग गर्दै मेयर प्रत्यासी रोशन यादवले विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरूले बलात्कारीलाई फाँसी दिने कानुन बनाउन माग गरेका छन् ।त्यस्तै महिला तथा दलितमाथिको हिंसा अन्त्य गर, पिडितलाई न्याय दे लगाएतका नारावाजी गरेका थिए ।सुर्खेतको वीरेन्द्रनगरस्थित सामुदायिक वनमा विक मृत अवस्थामा भेटिएकी थिइन् ।पोस्टमार्टम रिपोर्टमा बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण उनको मृत्यु भएको देखिएपछि प्रहरीले अनुसन्धान जारी राखेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here