रौतहट, जेठ १२ गते।
रौतहट जिल्लाको माधवनारायण नगरपालिका वडा नं ६, टोल माधोपुरमा सार्वजनिक शौचालय निर्माण कार्यलाई लिएर विवाद उत्पन्न भएको छ। वडाको उत्तरपट्टि रहेको बाटोमा निर्माणाधीन शौचालयप्रति स्थानीय बासिन्दा राजाराम साहले आपत्ति जनाएका छन्।
राजाराम साहका अनुसार, उक्त शौचालय उनको घरतर्फ आवतजावत गर्ने मुुल वाटो गौर देखि समनपुर रोड छेउको माटो खनी पिचको ४ फिट मात्र छोडी शौचालय निर्माण गरिँदैछ, उक्त गौर देखि फराकिलो हुुदै आरहेको अवस्थामा उक्त शौचालयको भवन वाटोमा नै परी शौचाल्यको भवन भत्कने अवस्था रहेको छ । शौचालय निर्माण को कारणले अहिले मेरो घरमा आवागमनमा असुविधा सिर्जना गर्ने देखिएको छ। “वडा अध्यक्षले सार्वजनिक शौचालय बनाउँदै हुनुहुन्छ, तर त्यो मेरो घरतर्फको बाटो हो,” साहले गुनासो गरे।
यस विषयमा वडा कार्यालयले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन। यद्यपि, स्थान चयनमा स्थानीयको सहमति नलिइएको भन्दै प्रभावित पक्षले सरोकारवाला निकायहरूको ध्यानाकर्षण गराएका छन्।
स्थानीयबासीहरूले सार्वजनिक शौचालयको आवश्यकतालाई स्वीकार गरे पनि उचित स्थान छनोट र सार्वजनिक सहमति बिना गरिएको निर्माण कार्यप्रति असन्तुष्टि व्यक्त गरेका छन्।










