रौतहटमा विकासको मुहान फेर्न सफल हुन सकेको गाउँपालिका शक्तिपिठको रुपमा प्रख्यात दुर्गा भगवती गाउँपालिका वार्ड नं. ३, मत्सरीमा आज आयोजित आवास वितरण कार्यक्रमको नगर अध्यक्ष श्री शम्भू सिंह एवं वडा अध्यक्ष धर्मेन्द्र कुमार झाद्वारा स्थलगत निरीक्षण गरिएको छ।

“हाम्रो पालिका, राम्रो पालिका” भन्ने नारालाई आत्मसात गर्दै सञ्चालित यस कार्यक्रममा वासस्थानविहीन तथा विपन्न परिवारहरूलाई लक्षित गरी आवास निर्माणका लागि आवश्यक सहयोग प्रदान गरिएको हो।
अध्यक्ष सिंहले अनुगमनका क्रममा निर्माणाधीन घरहरूको अवस्थाबारे जानकारी लिँदै पारदर्शिता, गुणस्तर र समयमै कार्य सम्पन्नको महत्त्वमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “योजना जनताको हो, अनुगमन र मूल्यांकन पनि जनताको सहभागितामा नै हुनु पर्छ।”

अनुगमनमा गा.पा.अध्यक्ष ,वडा अध्यक्ष , कर्मचारीमा उमेश चौधरी सहित निर्माण समितिका सदस्यहरू तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।









