आज साँझ ७:४५ बजेको समयमा जिल्ला सर्लाही मलंगवा नगरपालिका 10 पानी ट्याकी नजिक कोठामा वस्दै आएका जिल्ला सिरहा सुखीपुर स्थायी वतन भई पुर्वधार विकाश कार्यालय सर्लाहीमा कार्यरत सव ईन्जिनियर अ.वर्ष 38 का प्रमोद यादवलाई अज्ञात व्यक्तिले फोन गरि कोठा बाहिर बोलाई गोली चलाई अज्ञात व्यक्तिहरु फर्रार भएको र घाईतेलाई तत्काल उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो ।जहाँ उपचाररत अस्पतालका चिकित्सकले मृत घोषण गरेको छ ।

उक्त स्थानमा स.प्र.बल नेपाल नं.10 गण हे.क्वा सर्लाहीबाट सप्रउ अमर बहादुर खत्रीको कमाण्डमा 25 जना र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रउ योगेन्द्र कुमार खड्काको कमाण्डमा 25 जनाको टोली खटी गएको । जिल्लाको सवै युनिटबाट टोली परिचालन गरिएको थप विवरण आएमा पछी जाहेर गरिने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here