१३ कात्तिक, काठमाडौं ।

विश्वका स्टार खेलाडीहरूको उपस्थिति रहेको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सुरुवाती ६ खेल सकिँदा सबै ६ प्लेअर अफ दि म्याच नेपाली खेलाडी नै बनेका छन् ।

यसअघिका संस्करणमा सुरुवाती खेलदेखि नै विदेशी खेलाडीहरू हावी हुँदै आएकोमा यस पटक भने सुरुवात देखि नै नेपाली खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो टिमलाई जिताउन सहयोग गरिरहेका छन् ।

त्यसमा पनि विशेषगरी युवा खेलाडीहरू चम्किएका छन् भने ठूलो मञ्चमा आफूलाई प्रमाणित गरिरहेका छन् । यस्तै राष्ट्रिय टिमका कप्तान दीपेन्द्रसिंह ऐरी देखि अनुभवी खेलाडी सोमपाल कामीले पनि यस संस्करणमा उत्कृष्ट प्रदर्शन गरेका छन् ।एनपीएलको दोस्रो सिजनमा सुरुवाती ८ खेलमा जम्मा १ मात्र नेपाली खेलाडीले ‘प्लेअर अफ दि म्याच’ अवार्ड जितेका थिए । यस पटक भने त्यो ट्रेन्ड फेरिएको छ । चर्चित विदेशी खेलाडीहरूका अगाडि पनि नेपाली खेलाडीले राम्रो प्रदर्शन गर्दै खेल जिताउन निर्णायक भूमिका खेलेका छन् ।

अहिलेसम्म भएको ६ वटै खेलमा नेपाली खेलाडीले ‘प्लेअर अफ दि म्याच’ को अवार्ड जित्दै विदेशी खेलाडीलाई छायामा पारेका छन् ।बिहीबार भएको दुवै खेलमा नेपाली खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो टिमलाई जित दिलाउन मद्दत गरेका थिए ।

अहिलेसम्म विशेषरी बलरहरू हावी बनेका छन् । लुम्बिनीका शेर मल्ल, चितवनका कमल सिंह ऐरी, कर्णालीका बलर युनिश सिंह ठकुरी र जनकपुरका राहुल यादव प्लेअर अफ दि म्याच बनेका छन् ।

यस्तै सुदूरपश्चिमका कप्तान तथा अलराउण्डर दीपेन्द्र सिंह ऐरी तथा कर्णालीका कप्तान सोमपाल कामी पनि प्लेअर अफ दि म्याच बनिसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here