Oplus_16908288

१० कात्तिक, काठमाडौं ।

मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा भएको ठगीबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ । सीआईबीले यो प्रकरणमा चार जनालाई पक्राउ गरेर अहिले ठगी र संगठित अपराधको कसुरमा अनुसन्धान गरिरहेको छ ।

यो प्रकरणमा अहिलेसम्म काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ का ४२ वर्षीय कैलाश खड्का, भक्तपुरको चाँगुनारायण नगरपालिका–९ का ४० वर्षीय रवीन्द्र केसी, गोरखा नगरपालिका–३ का ४२ वर्षीय प्रवीण तिवारी र सर्लाहीको मलंगवा नगरपालिका–४ का ४५ वर्षीय रामपुकार तिवारी पक्राउ परेका छन् ।

सीआईबीका एसएसपी तथा प्रवक्ता अनुपम शमशेर जबराले उनीहरूले लिनुपर्ने शुल्क भन्दा बढी रकम लिएर ठगी गरेको पाइएकाले अनुसन्धान अघि बढाइएको बताए ।‘लिनुपर्ने शुल्क भन्दा बढी रकम लिएर ठगी भएको उजुरीपछि पक्राउ गरेर अनुसन्धान अघि बढाइएको हो । अहिले हामी प्रारम्भिक अनुसन्धानकै चरणमा छौं’ उनले अनलाइनखबरसँग भने ।

अहिले सीआईबीले प्रधानमन्त्री कार्यालयको पत्र तथा विकास रानाभाट समेतको जाहेरीका आधारमा अनुसन्धान अघि बढाइएको उल्लेख गरेको छ ।उनीहरूले विशेषगरी मलेसिया जाने कामदारले गर्नुपर्ने स्वास्थ्य परीक्षणका लागि नेपाल सरकारले तोकेको शुल्क बाहेक म्याक्रोटेक प्रालिको नाममा गैरकानूनी रुपमा बायो मेडिकल सर्भिस चार्ज शुल्क लिई ठगी गरेको सीआईबीका प्रवक्ता जबराले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here