संदिप मिश्र ,सर्लाही

आज बेलुकीण ४:०० बजेको समयमा सर्लाही जिल्लाको कौडेना गाउँपालिका ४ मोतिपुर स्थित भित्री सडक खण्डमा मोतिपुरबाट गणेशियातर्फ जाँदै गरेको BR 30 V 8302 नम्बरको मोटरसाइकलले बाटोमा खेल्दै गरेको स्थानीय जयकुमार साहको छोरा करिब बर्ष ६ को साजन कुमार साहलाई ठक्कर दिँदा निधार,पेट,खुट्टा र टाउकोमा गम्भीर चोट लागेको अवस्थामा प्रादेशिक अस्पताल मलंगवामा सामान्य उपचार पश्चात थप उपचारको लागी बिरगंज तर्फ रेफर गरिएको छ

उपचारमा निजको बुवा(९८०३०४२१२२) र मोटरसाइकल चालक स्थानीय रामईश्वर साहको छोरा बर्ष २० को आकाश कुमार साह संलग्न रहेको भन्ने जानकारी प्रहरीले दिएका छन् । इलाका प्रहरी कार्यालय कौडेना सर्लाहीमा जानकारी प्राप्त हुनसाथ प्र.ना.नि.अजय कुमार यादवले अनुसन्धान भइरहेको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here