८ असोज, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार साहले खाना पकाउने ग्यासको समस्या सम्बोधनका लागि मन्त्रालयले तत्कालीन, मध्यकालीन र दीर्घकालीन समाधानको ढाँचा तयार बताएका छन् ।

बिहीबार राष्ट्रियसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिदै मन्त्री साहले समग्र आपूर्ति प्रणालीलाई व्यवस्थीत गर्न तथा ग्यासको समस्या सम्बोधनका लागि मन्त्रालयले तत्कालीन, मध्यकालीन र दीर्घकालीन समाधानको ढाँचा तयार बताएका हुन् ।

हाल भन्सार क्लियरेन्सको समय छोट्याउन अर्थ मन्त्रालय, बाटोको जाम व्यवस्थापनका लागि गृह मन्त्रालय र नियमित आउने १०० बुलेट ग्यासलाई अस्थायी रूपमा हप्ताको १६० बुलेटसम्म पुर्‍याउन परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पहल गरिएको उनले जानकारी दिए।

उनले हाल मुलुकमा पेट्रोल, डिजेल र हवाई इन्धनको कुनै पनि अभाव नरहेको स्पष्ट पारे । उनले ढुवानी, भण्डारण, वितरण र प्रशासनिक खर्चमा मितव्ययिता अपनाई अनावश्यक खर्च कटौती गर्ने तथा मौज्दात व्यवस्थापनलाई वैज्ञानिक बनाइने उल्लेख गरे ।

उनले पेट्रोलियम पदार्थ तथा ग्यासको मूल्य स्थिरीकरणका लागि मूल्य स्थिरीकरण कोष सञ्चालन नियमावली, २०७१ (संशोधित सहित) बमोजिम स्रोतको परिचालन गरिएको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here