Oplus_16908288

११ असोज, पोखरा । बागलुङको निसीखोला गाउँपालिका–३ मा आइतबार बिहान पौने ४ बजे ढिस्को खसेर घर पुरिँदा आमासहित ३ सन्तानले ज्यान गुमाए । घरमाथिबाट ढिस्को खस्दा उनीहरू निद्रामै रहेकोले भाग्ने अवसरै पाएनन् ।

३९ वर्षीया आमा श्यामकुमारी विक, उनका छोराहरू १२ वर्षका मनोज, ९ वर्षका मुकेश र ५ वर्षका निसन विकलाई वर्षासँगै खसेको पहिरोले निल्यो । श्यामकुमारीकी जेठी छोरी १४ वर्षीया मुस्कान शनिबार हजुरबुबा–हजुरआमाको घर गएका कारण बाँच्न सफल भइन् ।

निसीखोला गाउँपालिका–२ का वडाध्यक्ष कुविर विकका अनुसार डाँडामा घर बनाएर बसेका श्यामकुमारीको परिवारले पहिरो र बाढीको अनुमानसमेत गरेको थिएन । लगातार वर्षा भइरहे पनि ढुक्कसँग सुतेका उनीहरूको कल्पनासमेत नगरिएको ठाउँबाट पहिरो खसेर मृत्यु भएको वडाध्यक्ष विकले बताए ।

एकै परिवारका चार जनाको मृत्युले गाउँ नै शोकमा डुबेको छ । आफन्तहरूको रोहवरमा मृतकको पोस्टमार्टम गरी आइतबार नै अन्तेष्टि गरिएको वडाध्यक्ष कुविरले जानकारी दिए ।गाउँपालिका उपाध्यक्ष प्रेमबहादुर घर्तीका अनुसार वडा नम्बर ४ को झिवा खोला बजारका कम्तीमा १०/१२ वटा घरमा बाढीले क्षति पुर्‍याएको छ । बिहान साढे १० बजेतिर घटना भएका कारणले धेरै जना सुरक्षित स्थानमा बसेका थिए र मानवीय क्षति हुन पाएन ।

बागलुङकै तालाखोला गाउँपालिका–१० को धस्मर भन्ने ठाउँमा पहिरोले पुरिएर अर्का एक जनाको मृत्यु भएको छ । सुतिरहेको कोठामा पहिरो खसेर ५९ वर्षीय मनबहादुर रोकाको मृत्यु भएको हो

यकिन क्षतिको विवरण संकलन हुँदैछ । सबैभन्दा पहिले बिजुली र नेटकर्व चलाउन खोजिरहेका छौं,’ सीडीओ आचार्यले भने, ‘पूरै जिल्लामा बिजुली र नेटवर्क छैन । प्रमुख सडकहरू पनि अवरुद्ध छन् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here