१६ असोज , पर्सा

— करिब एक वर्षदेखि परिवारको सम्पर्कबाट बाहिर रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगन्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।इलाका प्रहरी कार्यालय प्रसौनी, बाराले उद्धार गरी बुधबार राति करिब १० बजे मानवसेवा आश्रम वीरगन्जमा ल्याइपुर्‍याएकी ती महिलाको बिहीबार परिवार पहिचान भएपछि उनका भाइ सोहन रायको जिम्मा लगाइएको हो।

आश्रमका अनुसार ती महिला भारतको मोतिहारी जिल्ला, राजेपुर थाना क्षेत्रअन्तर्गत मोहम्मदपुर सागर गाउँकी हुन्। उनी करिब एक वर्षदेखि परिवारको सम्पर्कबाट बाहिर रहेकी थिइन्।

महिलालाई आश्रममा ल्याएपछि परिवारको खोजीका लागि निरन्तर समन्वय र पहल गरिएको थियो। खोजीका क्रममा परिवारसँग सम्पर्क स्थापित भएपछि उनलाई भाइ रायको जिम्मा लगाउँदै पारिवारिक पुनर्मिलन गराइएको आश्रमका संस्थापक अभियन्ता देवेश गुप्ताले बताए।

मानवसेवा आश्रमले सडक तथा सार्वजनिक स्थानमा अलपत्र अवस्थामा भेटिएका व्यक्तिको उद्धार, संरक्षण तथा उपचारसँगै परिवार पहिचान गरी पुनर्मिलन गराउँदै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here