असोज २३,२०८३/काठमाडौँ

काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी दिलिप घिमिरेको कमान्डमा खटिएको प्रहरी टोलीले चोरी, डकैती तथा लुटपाटका घटनामा संलग्न रहेको आरोपमा फरार अभियुक्तलाई पक्राउ गरेको छ।
कोटेश्वरस्थित जडिबुटी पुलमुनि लुटपाटमा संलग्न व्यक्ति रहेको सूचना पाएपछि प्रहरी टोली परिचालन भएको थियो। प्रहरीले नियन्त्रणमा लिन खोज्ने क्रममा ती व्यक्तिले प्रहरीमाथि नै खुकुरी प्रहार गर्न खोजेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको एसएसपी दिलिप घिमिरेले बताएका छन्।
गोली प्रहारपछि नियन्त्रणमा लिइएका व्यक्तिमाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिने प्रहरीले जनाएको छ।
एसएसपी घिमिरेले काठमाडौँ प्रहरी परिसरको नेतृत्व सम्हालेपछि उपत्यकामा चोरी, लुटपाट, डकैती, गुण्डागर्दी तथा फरार अभियुक्तविरुद्ध प्रहरी कारबाहीलाई तीव्रता दिइएको छ। विभिन्न आपराधिक घटनामा संलग्न व्यक्तिहरूको खोजी तथा पक्राउलाई प्राथमिकतामा राखेर प्रहरी टोली परिचालन हुँदै आएको परिसरले जनाएको छ।
प्रहरीका अनुसार आपराधिक गतिविधि नियन्त्रणका लागि विशेष निगरानी बढाइएको छ भने फरार अभियुक्तहरूको खोजी र पक्राउ अभियानलाई समेत निरन्तरता दिइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here